ए डिभिजन लिग: पुलिस क्लब पाँचौं स्थानमा उक्लियाे

नेपाल पुलिस क्लब शहीद स्मारक ए डिभिजन लिगको पाँचौं स्थानमा उक्लिएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस शीर्ष पाँचमा उक्लिएको हो।

पुलिसको जितमा भरत साहले निर्णायक गोल गरे।

 खेलको २९ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई महत्वपूर्ण ३ अंक दिलाए।

जितसँगै पाँचौं स्थानमा उक्लिएको पुलिसले ११ खेलमा १७ अंक जोडेको छ।

ब्रिगेड ११ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-08 09:29:57

प्रतिकृया दिनुहोस्