मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
आइतबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई ४–१ गोल अन्तरले हराउँदै मनाङ शीर्ष तीनमा उक्लिएको हो।।
खेलको ३५ औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा मनाङले अग्रता दोब्बर बनायो। मनाङको लागि अन्जन विष्टले गोल गरेका थिए।
६५ औं मिनेटमा अन्जनले ब्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाए।
खेल सकिन एक मिनेट बाँकी छदाँ सकुल रेग्मीले एनआरटीका लागि गोल सान्तोना गोल गरे। तर ईन्ज्युरी समयमा दया नन्द सिंहले गोल गर्दै मनाङलाई ४–१ को फराकिलो जित दिलाए।
जितसँगै २२ अंक जोडेको मनाङ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
पराजित एनआरटी १५ अंक सहित तालिकाको आठौं स्थानमा छ।