मिलान डर्बीमा एसी मिलानलाई हराउँदै ईन्टर मिलानले सिरि ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ।
आइतबार राति भएको खेलमा एसी मिलानमाथि ईन्टरले ४–२ गोलको जित निकालेको हो।
खेलको ४० औं गोल गर्दै एन्ट रेबिकले एसी मिलानलाई अग्रता दिलाएका थिए।
यस्तै इन्ज्युरी समयमा गोल गर्दै ज्लाटन ईब्राहिमोभिचले पहिलो हाफमा २–० को अग्रता दिलाए।
तर दोस्रो हाफमा ईन्टरले लगातार चार गोल गर्यो।
५१ औं मिनेटमा घरेलु टोली ईन्टरका मार्सेलो ब्रोजोभिक गोल गरे। लगतै मटियास भेकोनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ७० औं मिनेटमा डी भ्रिजले ईन्टरलाई ३–२ को अग्रता दिलाए। यस्तै दोस्रो हाफको इन्ज्युरी समयमा हेडमार्फत गोल गर्दै रोमेलु लुकाकुले ईन्टरलाई ४–२ को प्रभावशाली जित दिलाए ।
ईन्टर ५४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्ससँग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा ईन्टरले शीर्ष स्थानमा छ।
यस्तै, एसी मिलान तालिकाको १० औं स्थानमा यथावत छ।