मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्समा सोमबारको भएको खेलमा संकटालाई ३–१ गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो।
मछिन्द्रका लागि ४४ औं मिनेटमा मिनेटमा देवेन्द्र तामाङले पहिलो गोल गरेका थिए।
यस्तै ७४ औं मिनेटमा विशाल राई बी ले दोस्रो गोल गरेका थिए।
८३ औं मिनेटमा दीपक राईले अर्को गोल गरे। संकटाका लागि मेसुको जिन पिएरेले एक गोल फर्काए।
जीतपछि १२ खेलबाट २८ अंक जोड्दै मछिन्द्र अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। र उपाधि छिनोफानो अन्तिम चरणमा हुने भएको छ।
एक खेल कम खेलको त्रिभुवन आर्मी २६ अंकसहित दोस्रो स्थानमा छ। आर्मीले १२ औं चरणमा मंगलबार ब्रिगेड ब्वाइजसँग खेल्नेछ। आर्मीले जीत हात पारे शीर्ष स्थानमा पुग्नेछ।
आर्मीले ब्रिगेड ब्वाइजसँग जस्तो नतिजा निकाले पनि उपाधिको छिनोफानो अन्तिम चरणमा हुने मछिन्द्र र आर्मीकै खेलबाट हुने पक्का भएको छ।
हारपछि संकटा भने १२ खेलबाट १५ अंकसहित आठौं स्थानमा छ।