काबुलमा बम बिस्फोट, पाँच व्यक्तिको मृत्यु

एजेन्सी

काठमाडाै‌ं

अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। 

हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन। स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजेतिर  सो विस्फोट भएको जनाइएको छ।यस विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको छ। आक्रमणमा परी अन्य  १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताका छन्। 

गृह मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ। तर गृह मन्त्रालयले घाइते सङ्ख्या भने छ मात्र भएको बताएको थियो। 

यो एउटा ठूलो विस्फोट हो जसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन्– एकजना स्थानीय समीउल्लाहले एएफपीलाई बताएका छन्। 

हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरुमाथि आक्रमण गरेको  अस्वीकार गर्दै आएका भए तापनि कैयौँ प्रान्तमा हिंसा जारी रहेको छ।
 

प्रकाशित मिति: : 2020-02-12 03:47:14

प्रतिकृया दिनुहोस्