आजकाे विनिमयदर: डलरदेखि रियालसम्मको भाउ कति छ?

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा रहेको छ। 

यस्तै, पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ २६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। 

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।  

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ। 

प्रकाशित मिति: : 2020-02-13 20:41:23

प्रतिकृया दिनुहोस्