चीन जे हो, त्यसलाई युरोपले बुझ्नु पर्छ

जर्ज सोरोस

काठमाडौँ

सी जिनपिङको चीनले अगाडि सारेको खतरालाई न युरोपेली जनता नत त्यहाँका राजनीतिक र व्यापारिक नेतृत्वले बुझ्न सकेको छ, पूर्णरुपमा । यद्यपि आधुनिक प्रविधिको प्रयोग मार्फत चिनियाँ समाजलाई पूर्ण नियन्त्रणमा राख्न प्रयासरत एक तानाशाह हुन् सी, युरोपेलीहरुले मुख्यतया चीनलाई एउटा महत्वपूर्ण व्यापारिक साझेदारका रुपमा हेरेका छन् ।

उनीहरुले बुझ्न के सकिरहेका छैनन् भने सी चीनको राष्ट्रपति र चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव भएयता उनले एउटा यस्तो सत्ता स्थापित गरेका छन् जसका निर्दिष्ट सिद्धान्तहरु युरोपेली संघको जग उभिएको मूल्यहरु भन्दा ठीक विपरित छन् । सीलाई अंकमाल गर्न युरोपेली संघ भन्दा बढी ब्रिटेन हतारमा संघबाट अलग हुने प्रक्रियामा रहेको देखिन्छ । प्रधानमन्त्री बोरिस जोनसन बेलायतलाई जति सक्यो युरोपेली संघबाट टाढा राखी एउटा यस्तो खुला बजार अर्थतन्त्र निर्माण गर्न चाहन्छन् जो युरोपेली संघका नियमहरुबाट मुक्त छ ।

प्रकाशित मिति: : 2020-02-14 01:28:01

प्रतिकृया दिनुहोस्