मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने भनिएको ‘फोर नेसन्स कप’ फुटबल प्रतियोगिता कोरोना भाइरसको त्रासका कारण रद्द भएको छ।
फागुन १५ गतेदेखि २४ गतेसम्म काठमाडौंमा हुने भनिएको प्रतियोगिता कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ।दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, पाकिस्तान र मौरिसस सहभागी हुने बताइएको थियो। तर केही दिन अगाडि मौरीससले सहभागिता नजनाउने बताएका थिए।
अहिले आएर कोरोना भाइरसबाट त्रसित भएर कुनैपनि देश नेपालमा खेल्न नआउने बताइएको छ।
पूर्व निर्धारित तालिका अनुसार प्रतियोगिता राउन्ड रोबिन लिगमा हुने र शीर्ष दुई टोलीले फाइनलमा पुग्ने तथा प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर तथा उपविजेताले १० हजार डलर दिने भनिएको थियो।