गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको उपाधि जितेको छ।
बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलमले उपाधि जितेको हो।
गोकुलमको जितमा प्रमेश्वरी देवी, कमला देवी र सावित्राले एक एक गोल गरिन्। क्रिप्साको लागि रतनबाला र डाङमेई ग्रेसले एक एक गोल फर्काए।
दोस्रो मिनेटमा पर्मेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५ औं कमलादेवीले गोल थपेकी थिइन् । ३४ औं मिनेटमा क्रिप्साका लागि कप्तान दाङमय ग्रसले गोल फर्काएकी थिइन् ।
क्रिप्साका लागि रतन बालादेवीले ७३ मा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएकी थिइन्।
तर खेलको ८७ औं मिनेटमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारीले गोल गर्दै गोकुलमलाई च्याम्पियन बनाइन्।
यस गोलसँगै सावित्रा लिगमा सर्वाधिक गोलकर्ता बनेकी छिन्। सावित्राले लिगमा १६ गोल गरिन्। दोस्रो स्थानमा रहेकी सन्ध्याले १३ गोल गरिन्।