दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको रोमान्चक जित

एजेन्सी

काठमाडाैं

दोस्रो टी २० अन्तराष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ।

डुरबानमा शुक्रबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले पाहुना टिम दक्षिण अफ्रिकालाई २ रनले पराजित गरेको हो।

इंग्ल्यान्डले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर २ सय २ रन बनाउन सक्यो। 

दक्षिण अफ्रिकालाई जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा टम करनले अन्तिम दुई बलमा लगातार विकेट लिदै इंग्ल्यान्डलाई रोमान्चक जित दिलाए।

दक्षिण अफ्रिकाका कप्तान क्विनटन डी ककले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। ककले २२ बलमा ८ छक्का र २ चौका सहित ६५ रनको विश्फोटक इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेनन्। उनले मात्रै १७ बलमा अर्ध शतक पुरा गरेका थिए। 

भान डेर डुसेनले अविजित ४३,ओपनर तेम्वा वभुमा ३१, डेविड मिलर २१ र ड्वेन प्रिटोरियसले २५ रनमा आउट भए।

इंग्ल्यान्डका टम करण, क्रिस जोर्डन र मार्क उडले २/२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।

इंग्ल्यान्डका बेन स्टोक्सले अविजित ४७ रन जोड्दा जासन रोयले ४० रन बनाए। मोइन अलिले ३९ रन जोडे। अलीले ११ बलमा ४ छक्का र ३ चौका सहित ३९ रन जोड्दै म्यान अफ द म्याच चुनिए। 

ओपनर जोसन रोय ४०, जोनी बेयरस्टो ३५ र कप्तान इयोन मोर्गन २७ रनमा क्याच आउट भए।

दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए। निग्डीले ४ ओभरमा ४८ रन खर्चे। एडिलेले २ विकेट लिए।

यो जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १/१ को बराबरी गरेको छ। पहिलो खेलमा इंग्ल्यान्ड १ रनले पराजित भएको थियो। अन्तिम खेल आइतबार हुनेछ।

प्रकाशित मिति: : 2020-02-15 21:12:37

प्रतिकृया दिनुहोस्