यस्तो रह्यो प्रदेश २ सरकारको दुई वर्ष (पूर्णपाठ)

स्थायी राजधानीमा सहमति र नाममा विवाद कायमै

फागुन ३ गते शनिबार प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सकेको छ भने विकास निर्माण र जनताको आकाङ्क्षा पूरा गर्न सक्ने काम खासै गर्न नसकेको आलोचना समेत खेप्दै आएको छ ।  तर प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन सकेको छैन ।

प्रदेश सरकारको दुई वर्षको उपलब्धि अहिलेसम्म ‘बेटी पढाउ बेटी बचाउ’ अभियानबाहेक अरु कुनै सफलता हासिल गर्न नसकेको आमनागरिकको भनाइ छ ।

सरकार गठन भएलगत्तै प्रदेश सरकारले सय दिने उपलब्धि सार्वजनिक गर्दै चाँडै प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने प्रतिबद्धता जनाएको थियो । तर हालसम्म यसमा कुनै टुंगो नलागेको छैन ।

प्रदेश सरकारले दुई वर्ष पूरा गरेको अवसरमा आफ्ना उपलब्धिबारे २६ बुँदा उल्लेख गरेको छ ।

प्रकाशित मिति: : 2020-02-17 00:13:46

प्रतिकृया दिनुहोस्