साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा उक्लिएको छ। एफसी कोल्नलाई ४-१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा उक्लिएको हो।
कोल्नको मैदानमा आइतबार राति भएको खेलमा वार्यनको जितमा सेर्गी गान्ब्रीले दुई गोल गरे भने रोबर्टो लेवान्डोस्की र किङ्सले कोम्यानले समान एक एक गोल गरे। यता घरेलु टोली एफसी कोल्नका लागि मार्कले एक गोल फर्काए।
लेवान्डोस्कीले तेस्रो मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए।
पाँचौं मिनेटमा कोम्यानले गोल गर्दा वायर्न २-० ले अघि रह्यो।
खेलको १२ औं मिनेटमा गान्ब्रीले गोल गर्दै वायर्नलाई ३=० को अग्रता दिलाए। पहिलो हाफ ३–० ले अगाडी रहेको वार्यनले दोस्रो हाफमा थप एक गोल थप्यो भने एक गोल खाएको थियो।
६६ औं मिनेटमा सेर्गीले व्यक्तिगत दोस्रो गोल गर्दा वायर्न ४-० ले अघि रह्यो। ७० औं मिनेटमा मार्कले एक गोल फर्काएपनि वायर्न ४-१ ले विजयी भयो।
जितसँगै २२ खेलबाट ४६ अंक जोडेको वायर्न आरबी शीर्ष स्थानमा उक्लिएको छ। वार्यनले लिपजेइगलाई १ अंकले पछि पारेको छ।
पराजित कोल्न २३ अंक जोडेर १७ औं स्थानमा रहेको छ।