सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर मिलान इटालियन सिरी ‘ए’मा लाजियोसँग स्तब्ध बनेको छ। लाजियोसँग इन्टर २–१ गोल
अन्तरले स्तब्ध बन्न पुगेको हो।
आइतबार राति भएको खेलमा लाजियालाई जित दिलाउन सिरो इमोवाइल र सेर्गेज मिलिन्कोभिक साभिकले गोल गरे। इन्टरका एस्ली योङले गरेको गोल सान्त्वना बन्यो।
४४औं मिनेटमा योङले गोल गर्दै इन्टरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए।
५०औं मिनेटमा इमोवाइलले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
६९औं मिनेटमा साभिकले गोल गर्दै इन्टरलाई २–१ ले स्तब्ध पारे।
जितसँगै लाजियोले २४ खेलबाट ५६ तथा इन्टर मिलानको ५४ अंक छ। यता शीर्ष स्थानको युभेन्टसको समान खेलबाट ५७ अंक छ।