विप्लव समूहका पूर्वनेता गुणराज लोहनीलाई प्रहरीले पुनः पक्राउ

विप्लव समूहका पूर्वनेता गुणराज लोहनीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

आइतबार चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले लोहनीमाथि लगाइएको अभद्र व्यवहारको मुद्धा खारेज गर्ने फैसला सुनाएको थियो। तर अदालत परिसरबाटै प्रहरीले लोहनीलाई पक्राउ गरी हेटौंडा पुर्‍याएको छ।

लोहनी केही महिना अघिसम्म विप्लव समूहको केन्द्रीय सदस्य थिए। तर स्वास्थ्यमा समस्या आएपछि पार्टीबाट अलग भएका थिए।

तर प्रहरीले उनलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरको मुद्दा चलाएको थियो। 

यसअघि कात्तिक ५ गते पक्राउ परेका लोहनी १३ दिन हिरासतमा बसेर जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए। उनले प्रहरीलाई आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको बयान दिएका थिए।

प्रकाशित मिति: : 2020-02-18 03:05:47

प्रतिकृया दिनुहोस्