इस्टर्न रिजन टी २०: नेपालको पहिलो खेल मलेसियासँग, किशोरले पाए अवसर 

बिएल संवाददाता

काठमाडाै‌ं

फागुन तेस्रो सातादेखि थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा ५ टिमले मात्र सहभागिता जनाउने भएको छ।

आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार ५ टिम मात्र खेल्नेगरी खेल तालिका सार्वजनिक गरेको छ। जसमा नेपाल प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ छन्। यसअघि चीन भुटान र म्यानमारले पनि खेल्ने तयारी थियो।

खेल तालिकाअनुसा नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्नेछ। यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ। नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ।

शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

भुवनको पुनरागमन, किशोरलाई अवसर 

यस पटक पनि टिममा एक जना नयाँ खेलाडी परेका छन्, युवा फास्ट बलर किशोर महतो छन्।

यसअघि क्याम्पमा परे पनि उनले अन्तिम चरणमा स्थान बनाउन सकेका थिएनन्। यस पटक भने उनले अवसर पाएका छन्। स्पिनर भुवन कार्कीले पनि यसै प्रतियोगिताका लागि टिममा पुनरागमन गरेका छन्।

यस्तै सोमपाल कामी टिममा नरहेकाले फास्ट बलर किशोरको आगमन राम्रो भएको हो।

नेपाली टिममा अहिले करण केसी र अभिनाश बोहोरा दुई जना फास्ट बलर छन्। सोमपाल कामी फिटनेस र पारिवारिक कारणले गर्दा विश्वकप लिग २ मा समेत टिममा थिएनन्। इस्टर्न रिजनका लागि पनि उनी टिममा छैनन्।

यसअघि विश्वकप लिग २ सिरिजमा अर्का फास्ट बलर कमल सिंह ऐरीले स्थान बनाएका थिए। उनले एउटा खेलमा अवसर पाए तर आफ्नो प्रभाव देखाउन सकेनन्।

गत सेप्टेम्बरमा सिंगापुरमा भएको टी २० ट्राइसिरिज खेलेका युवा अलराउण्डर कुशल मल्ल पनि निरन्तर टिममा छन्। उनले विश्वकप लिग २ सिरिजमा पनि राम्रो प्रदर्शन गरेका थिए

नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तानी),उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन्।
 

प्रकाशित मिति: : 2020-02-18 04:39:49

प्रतिकृया दिनुहोस्