नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन् पदभार

बिएल संवाददाता

काठमाडाै‌ं

नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।

उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् ।

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिइन् ।

त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

प्रकाशित मिति: : 2020-02-18 06:02:04

प्रतिकृया दिनुहोस्