थ्री स्टार सताक्षी गोल्डकपको सेमिफाइनलमा

थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगको छ। बेलबारी फुटबल क्लबलाई ३–० ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो।

सोमबार भएको खेलमा थ्री स्टार क्लबले सन्जोग राईको गोलमा नवौं मिनेटमा अग्रता लिएको थियो । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन्।

१४ औं मिनेटमा सुशील राईले गोल गर्दै अन्तर दोब्बर पारे । सञ्जोगको पासमा उनले गोल गरेका हुन्। ५४ औं मिनेटमा सञ्जोगले अर्को गोल थप्दै टोलीलाई बलियो अवस्थामा पु¥याएका थिए । दोस्रो हाफमा कुनै पनि गोल नहुँदा थ्रिस्टार अन्तिम चारमा पुग्यो। 

थ्री स्टारले अब सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ।

प्रकाशित मिति: : 2020-02-18 07:25:51

प्रतिकृया दिनुहोस्