गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ परेका छन्। बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन्।

हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए।

कटुवालमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए।

के भएको थियो

पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ओर्लिका थिए। लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बान्ता गरेपछि विवाद सुरु भएको थियो ।

विवाद चर्किएपछि कटुवाल त्यहाँबाट धम्की दिदै पोखरातर्फ लागेका थिए। सो दिन साँझ केही युवाहरुको गुरुङमाथि शनिबार साँझ आक्रमण गरेका थिए। सो आक्रमण गायक कट्वालको योजनामा भएको आरोप सोनिकाले लगाएक्री छिन् ।

विहानको घटनाका आधारमा आक्रमण गर्ने कटुवाल नै भएको भन्दै लालकाजी गुरुङकी छोरीले किटानी जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताएको छ।

घाइते भएको गुरुङको भने पोखरामा उपचार हुन नसकेपछि काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-19 03:11:45

प्रतिकृया दिनुहोस्