महरा संसद जाने ढाेका खुल्याे

बिएल संवाददाता

काठमाडाै‌ं

बलात्कार अभियोगमा थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महरा सांसदको हैसियत पुर्नबहाली भएका छन्। सभामुख अग्नि सापकोटाले महरा थुनामुक्त भएको जानकारी प्रतिनिधि सभा बैठकमा गराएसँगै उनलाई संसदमा पुर्नबहाली गरिएकाे हाे।

बलात्कार अभियोगमा जेलमा रहेका कारण उनको सांसदको हैसियत खोसिएको थियो भने उनको सेवा सुविधा स्थगित भएको थियो। महराले सोमबार काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए। महरालाई थुनामुक्त गर्न अदालतले सोमबार नै कारागारमा पत्र पठाएको थियो।

महराले सोही सफाइ पाएको व्यहोरा सहितको पत्र संसद सचिवालयमा पठाएका हुन्। सोही पत्रको आधारमा उनको सांसदको हैसियत पुर्नबहाली गरिएको हो। 

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठकमा महरा थुनामुक्त भएको व्यहोरा जानकारी गराएका हुन्। 

संसद सचिवालयमै कार्यरत एक कर्मचारीको बलात्कार अभियोगमा महराले १ सय ३ दिन थुनामा परेका थिए। उनले अभियोगपछि सभामुख पदबाट राजीनामा दिएका थिए । तर सांसद पदबाट राजीनामा दिएका थिएनन्। २०७४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा फागुन २५ गते सभामुखमा निर्वाचित भएका थिए। एमाले–माओवादी एकता भई नेकपा बन्नुअघि नै उनी सभामुख भएका थिए।  

प्रकाशित मिति: : 2020-02-19 03:22:16

प्रतिकृया दिनुहोस्