राष्ट्रपति भण्डारीले गरिन् ३२९ कैदीको बाँकी कैद मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन्।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकाे हाे।

प्रकाशित मिति: : 2020-02-19 10:09:26

प्रतिकृया दिनुहोस्