मधेस आन्दोलनका मुद्दाहरु फिर्ता लिन मुख्यमन्त्री राउतकाे माग

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दाहरु फिर्ता लिन माग गरेका छन्। जेल जीवन बिताइरहेकाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारलाई आग्रह गरेका हुन्।

७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले संघीयताको पहिलो खुडकिलो नै प्रजातन्त्र भएको बताए।

लोकतन्त्रको उच्चतम बिन्दु संघीय गणतन्त्र आइसकेको अवस्थामा शहीदहरुले देखाएको बाटोमा जनप्रतिनिधीलाई हिंड्नुपर्ने उनले बताए।

प्रकाशित मिति: : 2020-02-20 03:20:39

प्रतिकृया दिनुहोस्