राजतन्त्र शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन

प्रजातन्त्र दिवसको अवसरमा राजतन्त्र शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ। 

नेपाल राष्ट्रवाद संघको नामबाट निकालिएको ¥यालीमा सहभागीहरुले राजसंस्था पुनर्स्थापना गर्दै सैनिक शासन लागु गर्नु पर्ने माग गरेका थिए।

घण्टाघर चोकमा आयोजित समापन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलका कारण भ्रष्टचार र लुट बढेको आरोप लगाए। ‘मुलुकमा राजनीतिक दलका कारण भ्रष्टचार र लुट बढेको छ,’ उनले भने, ‘देशलाई जोगाउन राजतन्त्र र सैनिक शासन लागु हुनुपर्छ।’

कार्यक्रममा सहभागी अन्यले पनि अहिलेको शासन प्रणालीबाट आजित नेपालीलाई राजतन्त्र नै चाहिएको बताएका थिए।
 

प्रकाशित मिति: : 2020-02-20 04:50:17

प्रतिकृया दिनुहोस्