बबरमहल बमकाण्डका दोषीलाई राष्ट्रपतिले गरिदिइन् कैद मिनाहा

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंको बरमहल बमकाण्डका दोषी बुद्धिबहादुर गोले जेलमुक्त भएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदपोखरी पानतलेका संयुक्त जातीय मोर्चाका नेता समेत रहेका गोलेको कैद मिनाहा गरिदिएकी हुन्। 

कैद मिनाहाको सुविधा पाएपछि बुधबार दिउँसो केन्द्रीय कारागारले उनलाई छाडेको छ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष कैदीको सजाय मिनाहा गर्दै आएको छ। यो वर्ष गोलेसहित ३ सय २९ जना छुटेका छन्।

जगन्नाथदेवल कारागारमा कैद भुक्तान गरिरहेका ६७ वर्षीय गोलेलाई सरकारले छाड्नका लागि सिफारिस गरेको थियो।  कुनै कैदीले सजायको आधा भुक्तान गरेपछि उसको चालचलन र व्यवहारको आधार जेलर बाँकी कैद सजाय मिनाह गर्नसक्ने व्यवस्था छ। 

गोले १५ फागुन २०६८ मा बबरमहलमा तीन जनाको मृत्यु हुने गरी भएको विष्फोटका दोषी हुन्। घटनामा धादिङका २२ वर्षीय कृष्णबहादुर तामाङ, ७० वर्षीय मनबहादुर तामाङ र वीरबहादुर तामाङको मृत्यु भएको थियो।


संयुक्त जातीय मुक्ति मोर्चाका प्रवक्तासमेत रहेका विश्वक्रान्तिसहित एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2020-02-20 06:05:33

प्रतिकृया दिनुहोस्