गोवाले रच्याे इतिहास, पहिलाे पटक एसियन च्याम्पियन्समा छनोट

बिएल संवाददाता

नयाँदिल्ली

गोवा एफसी एसियन च्याम्पियन्स लिगमा छनोट भएको छ। इन्डियन सुपर लिग आइएसएल २०१९-२० को शीर्ष स्थानमा रहँदै गोवाले इतिहासमा पहिलो पटक छनोट भएको हो। 

१० टोली सहभागी लिगमा १८ खेलपछि गोवाले ३९ अंक जोडेको हो। आफ्नो अन्तिम लिग खेलमा गोवाले जम्सेदपुर एफसीलाई ५–० ले हरायो। जेबरडी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा गोवाका लागि ह्युगो बोउमोसले दुई तथा पेरान कोरोमिनास, ज्याकिचन्द सिंह र माउटार्डा फले एक एक गोल गरे।

दोस्रो स्थानमा रहेको एटिकेको ३३ अंक छ। एटिकेले एक खेल खेल्न बाँकी नै छ, तर उक्त खेल जितेपनि गोवालाई भेट्ने छैन।

नयाँ सिजनदेखि एसियन च्याम्पियन्स लिगमा भारतको आइएसएल जित्ने टिमले पनि प्रतिस्पर्धा गर्ने एफसीले यसअघि नै निर्णय गरिसकेको छ।

२०२१ मा एसियन च्याम्पियन्स लिगमा क्लबको सख्या पनि बढाइएको छ। यसअघि समूह चरणमा ३२ टिमले प्रतिस्पर्धा गर्ने मा अब ४० टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: : 2020-02-21 03:58:55

प्रतिकृया दिनुहोस्