सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई

गोकुल बाँस्कोटाको राजीनामापछि रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडाले पाएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री खतिवडालाई सञ्चार मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएकी हुन्।

नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका छन्।

प्रधानमन्त्री ओलीले यसअघि समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त भएको सहरी विकास मन्त्रालय समेत गोकुल बाँस्कोटालाई जिम्मा दिएका थिए।

बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बिहीबार दिउँसो पदबाट राजीनामा दिएका छन्।

प्रकाशित मिति: : 2020-02-21 07:37:04

प्रतिकृया दिनुहोस्