सेक्युरिटी प्रेस खरिद प्रकरण: 'मन्त्री नै यतीको एजेन्ट'

सार्वजनिक लेखा समितिको बिहिबार सिंहदरवार बसेको बैठकमा सहभागी। बैठकमा सेक्युरिटी प्रेस खरिद प्रकरणबारे छलफल भएको थियो। तस्बिर: रासस

सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार गरेको आरोप लगाएकी छन्।

फ्रान्सको आइएन ग्रुपको स्थानीय एजेन्ट यति होल्डिङस् हो। सदस्य चापागाईले बिहीबार समिति वैठकमा बोल्दै २०७६ जेठ ५ मा फ्रान्सेली कम्पनी आइएन ग्रुपलाई लेखेको पत्रमा नेपालको आधिकारिक एजेन्ट यतीका तर्फबाट मन्त्री बाँस्कोटा आफै संलग्न भएर पत्राचार गरेको आरोप लगाइन।

प्रकाशित मिति: : 2020-02-21 21:16:20

प्रतिकृया दिनुहोस्