फ्रेन्च लिग वानमा पीएसजी विजयी भएको छ ।
पेरिसमा भएको खेलमा घरेलु टोलीले बोर्डोलाई ४–३ ले पराजित गरेको हो।
पीएसजीलाई जित दिलाउनका लागि माक्र्युन्होसले दुई गोल गरे । खेलको पहिलो गोल भने बोर्डोका लागि ह्वाङ उई जोले १८औं मिनेटमा गरेका थिए ।
२५औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै खेल बराबरीमा पु¥याए । पहिलो हाफको इन्ज्युरी समयमा माक्र्युन्होसले गोल गर्दै पीएसजीलाई २–१ ले अघि पुर्याए । इन्ज्युरी समयमा पाब्लोले बोर्डोका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए ।
६३औं मिनेटमा माक्र्युन्होसले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले फेरी अग्रता लियो । त्यसको ६ मिनेटपछि केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता ४–२ मा लम्बियो ।
८३औं मिनेटमा रुवेन पार्दोले बोर्डोका लागि गोल गर्दै पीएसजीको अग्रता ४–३ मा घटाए । तर, बाँकी समयमा गोल हुन सकेन । खेलको अन्तिम समयमा नेयमार रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इन्ज्युरी समयको केही मिनेट पीएसजीले १० खेलाडीमा खेलेको थियो
जितसँगै पीएसजीले लिगमा १३ अंकको अग्रता लिएको छ ।
पीएसजीले ६५ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको ओलम्पिक मार्सेको ५२ अंक मात्र छ ।