पीएसजीका लागि कभानीकाे कीर्तिमानी २०० औँ गोल पूरा

बिएल संवाददाता

काठमाडाै‌ं

लिग वान क्लब पीएसजीका फरवार्ड एडिन्सन कभानीले पीएसजीका लागि २०० औँ गोल पूरा गरेका छन्। 

आइतबार भएको बोर्डिक्सविरुद्धको खेलमा उनले २५औँ मिनेटमा गोल गर्दै कीर्तिमानी दुई सयौँ गोल पूरा गरेका हुन्। 

उरुग्वेका खेलाडी कभानी पीएसजीका लागि सर्वाधिक गोलकर्ता हुन्। उनले २०१८ मा नै सर्वाधिक गोलकर्ताको रुपमा रहेका ज्लाटन इब्राहिमोबीचको १५६ गोलको रेकर्ड तोडेका थिए।

कभानी सन् २०१३ मा नापोलीबाट पीएसजीमा अनुबन्धित भएका थिए। उनले पीएसजीका लागि लिग वानमा १३८ गोल, च्याम्पियन्स लिगमा ३० गोल तथा घरेलु कपमा ३२ गोल गरेका छन्। 

स्मरण रहोस् बोर्डिक्सविरुद्धको खेलमा पीएसजीका खेलाडीहरुको जर्सिमा चाइनिज अक्षरमा कोरोना भाइरससँग लडिरहेको चीनलाई मजबुत रहनका लागि सन्देश दिएको थियो।

प्रकाशित मिति: : 2020-02-25 04:04:22

प्रतिकृया दिनुहोस्