माओवादी द्वन्द्वको रुपान्तरण विश्वका लागि नमुना: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका कम्युनिष्ट पार्टीहरुले आफ्नो पार्टीबाट शिक्षा लिरहेको बताएका छन्। साविकका एमाले र माओवादी एकता धेरै शक्तिका लागि नमुना बनेको भन्दै उनले आफुहरुबाट विश्वका कम्युनिष्ट र प्रगतिशिल आन्दोलनले पाठ लिएको दाबी गरेका हुन्।

उनले इतिहासका फरक– फरक धारलाई एउटै ठाउँमा ल्याएर बताए।  फरक– फरक धारलाई हामीले एके ठाउँमा जोडेका छौँ,’ उनले भने, यही एकताबाट विश्वका कम्युनिष्टहरुले हामीबाट शिक्षा लिइरहेका छन्।’

माओवादी द्वन्द्वको रुपान्तरण पनि विश्वका लागि नमुना भएको उनले बताए। ‘हामीले द्वन्द्वलाई मौलिक ढंगले व्यवस्थापन गरेर शान्ति प्रक्रिया सफलताको अन्तिम विन्दुमा छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘यो दुनियाँको लागि नमुनाको विषय हो।’

लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढ्न खोज्दा प्रतिक्रियावादीले विगतमा बाटो छेकेको उनले बताए। ‘आफूले जित्नुपर्छ, आफूले नजितेपछि अलोकतन्त्र भइहाल्छ, अधिनायकवाद भइहाल्छ भन्नु प्रतिक्रियावादको परिभाषा हो’ उनले भने।
 

प्रकाशित मिति: : 2020-02-25 05:34:37

प्रतिकृया दिनुहोस्