न्युयोर्कमा पत्रकारहरुकाे भेला

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आसन्न अधिवेशनको पूर्वसन्ध्यामा न्यूयोर्कमा रहेका सामाजिक अभियन्ताहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ। 

न्युयोर्कमा आइतबार एक आयोजित कार्यक्रममा नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने, नेजाका महासचिव किरण मरहठ्ठा पूर्वअध्यक्ष आङछिरिङ शेर्पालगायत विभिन्न राज्यमा रहेका पत्रकारहरुको उपस्थितिमा समाजका अगुवाहरुसँग छलफल कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा यही अगामी मे महिनाको २ र ३ तारिखमा न्युयोर्कमा नयाँ नेतृत्व चयको लागि हुन लागेको अधिवेशनको बारेका छलफल भएको थियो। नेजाले भेलामा उपस्थित सबै अभियन्ताको सुझाव र सरसल्लाहलाई अनुशरण गर्दै न्यूयोर्कमा अधिवेशन भब्य सफल पारिने जनाएको छ।

प्रकाशित मिति: : 2020-02-26 01:49:18

प्रतिकृया दिनुहोस्