केले रोक्यो नेकपाको एकता ?

लागू भएन आफ्नै निर्णय, हुनै छाड्यो छलफल !

रातोपाटी

काठमाडाै‌ं

गत माघ १९ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा सचिवालयका तर्फबाट पेस भएको प्रतिवेदनमा प्रस्ट भनिएको थियो, ‘आगामी १५ दिनभित्र पार्टी एकताका बाँकी कामहरु पूरा गरिनेछ’ केन्द्रीय समिति बैठकमा उक्त प्रस्तावको स्वागत गर्दै सर्वसम्मत पारित पनि भयो ।

तर नेकपा आफैले तोकेको यो समयसीमा कटेको साता दिन वित्दासमेत नेकपाले यसबारे निर्णायक छलफल नै गर्न सकेको छैन ।

नेकपाको यसअघि मङ्सिरमा सुरु भएर पुस पहिलो साता सम्पन्न स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि १५ दिनभित्र पार्टी एकताका सबै काम सम्पन्न गर्ने भनिएको थियो । प्रचण्डको उक्त प्रस्ताव स्थायी समिति बैठकले सर्वसम्मत पारित गर्‍यो तर कार्यान्वयन नभएपछि नेकपाले एकताको भाका फेरि माघमा सम्पन्न केन्द्रीय समितिमार्फत अर्को १५ दिनमा सक्ने भनेर तन्कायो ।

प्रकाशित मिति: : 2020-02-26 05:41:17

प्रतिकृया दिनुहोस्