इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको सङ्क्रमण

एजेन्सी

काठमाडाैं

इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ। मन्त्रालयका एक अधिकारीले मंगलबार उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको जानकारी गराएका हुन्।

इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए।

इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले पनि ट्वीट गर्दै स्वास्थ्यमन्त्रीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको जानकारी गराएका छन्। 

उनले ट्वीटमा भने छन्,‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप-स्वास्थ्यमन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ।’ 

वाहबजादेहका अनुसार उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटकपटक खोके थए। 

उनलाई देखिएको लक्षणको आधारमा अस्पताल पुर्याएर जाँच गर्दा कोरोना संक्रमण देखिएको हो। उनलाई अस्पताल भर्ना गरी उपचार सुरू गरिएको वाहबजादेहले बताएका छन्।

प्रकाशित मिति: : 2020-02-26 09:24:46

प्रतिकृया दिनुहोस्