इटालीबाट युरोपमा फैलियो कोरोना भाइरस

एजेन्सी

काठमाडाै‌ं

युरोपका विभिन्न मुलुकमा कोराना भाइरस अर्थात कोभिड–१९ संक्रमण पहिलो पटक देखिएको पुष्टि भएको छ। अस्ट्रिया, क्रोएसिया तथा स्वीट्जरल्यान्ड लगायतका देशमा पनि भाइरस देखिएको बीबीसीले जनाएको छ। समाचारमा उल्लेख भएअनुसार  सबै संक्रमण इटालीबाट ती देशमा पुगेका व्यक्तिमा देखिएको हो।

यसैगरी ल्याटिन अमेरिकामा पनि इटालीबाट त्यहाँ पुगेका व्यक्तिमा भाइरस संक्रमण पुष्टि भएको छ। इटाली युरोपियन देशहरूमध्ये सबैभन्दा बढी भाइरस संक्रमित देश हो। 

 यहाँ ३ सय भन्दा बढी भाइरस संक्रमित भएका छन् भने ११ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकामा पनि फैलिने निश्चित

अमेरिकाका उच्च स्वास्थ्य अधिकारीले विश्वका विभिन्न देशमा फैलिरहेको भाइरसको संक्रमण अमेरिकामा पनि फैलिने निश्चित रहेको चेतावनी दिएका छन्।

भाइरसको संक्रमणबाट जोगिनका लागि सबै अमेरिकी तयार अवस्थामा रहनु पर्ने उच्च स्वास्थ्य अधिकारीले बताएका छन्।

अमेरिकामा अहिलेसम्म ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीले अमेरिकी कंग्रेससँग तत्काल अर्बौँ डलर बराबरको बजेट कोरोना भाइरस संक्रमणविरुद्धको अभियानका लागि छुट्याउन आग्रह गरेको छ।

गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको भाइरस संक्रमणका कारण हालसम्म २,७१८ जनाले ज्यान गुमाइसकेका छन्। साथै ७८,१९० जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-02-27 01:55:25

प्रतिकृया दिनुहोस्