बार्सिलोनालाई मेसी र पिकेविरुद्ध आक्रामक सामग्री पोस्ट गर्न लगाएको आरोप

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्नै खेलाडीविरुद्ध सामाजिक सञ्जालमा आक्रामक सामग्री पोस्ट गर्न लगाएको गम्भीर आरोप लागेको छ। 

एक रेडियो स्टेसनकाअनुसार क्लबका अध्यक्ष जोसेफ मारियाको प्रतिष्ठा कायम राख्नका लागि उनीसँग विमति जनाउने खेलाडीविरुद्ध सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्नका लागि क्लबले कम्पनी नै नियुक्त गरेका छन्। 

क्याटालोनियाबाट प्रसारण भएको एउटा पोडकास्टमा आई थ्री भेन्चर नामक कम्पनीले ट्वीटर र फेसबुकका धेरै एकाउन्ट म्यानेज गर्ने गरेको र ती एकाउन्टमार्फत बार्सिलोनाका खेलाडीविरुद्ध क्लबले सामग्री पोस्ट गरेको दाबी गरिएको छ। 

त्यो कम्पनीले लियोनेल मेसी र जेरार्ड पिकेसहितका खेलाडीविरुद्ध सामाजिक सञ्जालमा लेख्ने गरेको आरोप छ। सामजिक सञ्जालमा गरिएका ती सबै पोस्ट बार्सिलोनाकै प्रायोजनमा भएको रेडियोको दाबी छ। 

प्रकाशित मिति: : 2020-02-27 04:25:11

प्रतिकृया दिनुहोस्