शानदार जितसहित युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। 

अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले क्लब ब्रुगलाई ५–० ले पराजित गर्दै समग्रमा ६–१ को  शानदार जितसहित प्रि–क्वाटरफाइनल पुगेको हो।

पहिलो लेगमा युनाइटेड १–१ को बराबरीमा रोकिएको थियो। १० खेलाडीमा समेटिएको क्लब ब्रगमाथिको जितमा फ्रेडले दुई तथाम ब्रुनो फर्नान्डेज, ओडिन इघालो र स्कट म्याक टोमिनेले गोल गरे।

२२ औं मिनेटमा डेली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्लब ब्रुग अधिकांश समय १० खेलाडीमा सीमित भयो।  

 म्याक टोमिनेमाथि पेनालटी बक्समा गम्भीर ट्याकल गरेपछि सिमोन डेली सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिदा क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो। त्यसको फाइदा युनाइटेडले उठायो।

त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनोले २७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए।

३४ औं मिनेटमा ओडिन इघालाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। ४१औं मिनेटमा म्याक टोनिले गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनयो।

त्यसपछि फ्रेडले ८२औं र ९०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ५–० को शानदार जित दिलाए।

प्रकाशित मिति: : 2020-02-28 19:59:13

प्रतिकृया दिनुहोस्