कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना, तीनजनाको मृत्यु

एजेन्सी

काठमाडाै‌ं

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। हेलिकप्टर स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजेतिर दुर्घटनामा परेको कोलम्बियाको वायु सेना (एफएसी)ले जनाएको छ।

मेल्गारबाट तोलिमाका लागि उडेको हेलिकप्टर कुन्डिनामार्काको मड्रिड शहर नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2020-02-28 20:13:13

प्रतिकृया दिनुहोस्