इड्लिबमा सिरियाको हवाई आक्रमण,कम्तिमा २९ टर्किस सैनिकको मृत्यु

एजेन्सी

काठमाडाैं

सिरियाले इड्लिब गरेको हवाई आक्रमणमा कम्तिमा २९ जना टर्किस सैनिकको मृत्यु भएको छ। केही दर्जन घाइते भएका छन्। 

उत्तर–पश्चिमी सिरियामा भएको हवाई आक्रमणमा सिरियाली सत्ताको सेनाले आक्रामण गरेको टर्कीका शीर्ष अधिकारीले बताएका छन्।

सिरियाले इडलिब प्रान्तमा गरेको आक्रमणमा धेरैको मृत्यु भएको टर्कीको हाताय प्रान्तका गभर्नर राहमी डोगनले बताएका छन्। इड्लिब प्रान्त त्यहाँका विद्रोहीहरूको कब्जामा रहँदै आएको छ। तर, सिरियाली सैन्य बल, जसलाई रुसको समर्थन छ, ऊ विद्रोही समूहको दबदबा हटाएर त्यसलाई आफ्नो कब्जामा ल्याउन चाहन्छ।

टर्की भने विद्रोहीको पक्षमा उभिँदै आएको छ।

बीबीसीका अनुसार, घटनापछि टर्कीमा हलचल आएको छ। त्यहाँका राष्ट्रपति एर्दोआनले आकस्मिक सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक डाकेका छन्।

प्रकाशित मिति: : 2020-02-28 21:08:44

प्रतिकृया दिनुहोस्