आयंका जोडीले गरे दाेस्राेपटक बिहे !

बिएल संवाददाता

काठमाडाै‌ं

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शुक्रबार सामाजिक परम्परा अनुसार विवाह गरेका छन्। प्रियंका र आयुष्मानको बिहे अहिले काठमाडौंको एक होटलमा चलिरहेको छ।

बिहिबार मात्र उनीहरुले कानुनी रुपमा बिहे गरेका थिए। प्रियंकाको जन्मदिनको अवसर पारेर यी दुईले ललितपुर जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका हुन्। 

अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए। अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए। नायिका कार्कीले आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन्।

तर, उनीहरुले आज परम्परा अनुसार बिहे गरेका हुन्। बिहेमा केही चलचित्रकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित छन्। प्रियंका र आयुष्मानको बिहेपश्चात आज नै बेलुकी पार्टीको समेत आयोजना गरिएको छ।

केही वर्ष प्रेम सम्बन्धमा रहेपछि उनीहरुले बिहे गरेका हुन्। उनीहरुको बिहे अगाडि मेहेन्दी, संगीत सेरेमोनी आयोजना गरिएको थियो।


 

प्रकाशित मिति: : 2020-02-29 05:50:09

प्रतिकृया दिनुहोस्