बी डिभिजन लिग: खुमलटारकाे लगातार दोस्रो जित

बिएल संवाददाता

काठमाडाै‌ं

खुमलटार युथ क्लबले शहीद स्मारक बी डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा १० खेलाडीमा सिमित रानीपोखरी कर्नर टिम आरसीटीलाई ३–० गोल अन्तरले पराजित गर्दै खुमलटार लगातार दोस्रो जित निकालेको हो।

खुमलटारको जितमा सबिन केसीले दुई गोल गरे। यता महेश राईले थप एक गोल गरे।

खेलको २८ औं मिनेटमा महेशको गोलबाट खुमलटारले अग्रता बनाएको थियो। ३८ औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाए।

खेलको ३९ औं मिनेटमा कप्तान अमर डंगोलले रातो कार्ड पाएपछि आरसिटी १० खेलाडीमा समेटिएको थियो। पहिलो हाफ २–० ले अगाडी रहेको खुमलटारले दोस्रो हाफमा थप एक गोल गर्यो। 

खेलको ६२ औं मिनेटमा सबिनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ३–० को सहज जित दिलाए।

जितसँगै खुमलटारले २ खेलमा ३ अंक जोडेको छ। आरसीटीले भने २ खेलमा १ अंक जोडेको छ।
 

प्रकाशित मिति: : 2020-02-29 06:07:03

प्रतिकृया दिनुहोस्