पेट्रोलियममा करवृद्धि : ‘टार्गेट मिट’को दाउ कि निगम सिध्याउने खेल ?

रातोपाटी

काठमाडौं

शंकर अर्याल

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गर्‍यो । आर्थिक वर्ष २०७÷७४ देखि पूर्वाधार विकास करको नाममा ५ रुपैंया उठाउन सुरु गरिएको यो कर सरकारको पछिल्लो निर्णयसँगै प्रतिलिटर १० रुपैयाँ पुगेको छ ।

बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार करको घोषणा गर्दा तत्कालीन अर्थमन्त्री पौडेलले जति वाहवाही पाएका थिए, अहिले खतिवडाको पालामा उस्तै किसिमको यो निर्णय निकै आलोचित बनेको छ । 

प्रकाशित मिति: : 2020-03-01 01:59:10

प्रतिकृया दिनुहोस्