मनाङ मर्स्याङ्दी क्लबले २२ औं बूढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ।
धरान रंगशालामा शनिबार भएको फाइनलमा पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङ चौथो पटक च्याम्पियन बनेको हो।
मनाङलाई उपाधि दिलाउन दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले एक एक गोल गरे। पुलिसका भोला सिलवालले एक गोल फर्काए।
खेलको ११ औँ मिनेटमा दयानन्द सिंहले गोल गर्दै मानाङलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा एक गोल गरेको मनाङले दोस्रो हाफमा दुई गोल थप्यो। ५० औं मिनेटमा विशालले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए।
त्यसपछि खेलको ६५ औं मिनेटमा पुलिसका कप्तान भोलाले पेनाल्टीमा एक गोल गरे। बक्सभित्र जुमानु राईलाई मनाङका खेलाडीले लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो।
इन्ज्युरी समयमा विमलले गोल गर्दै मनाङलाई शानदार जित दिलाए।
विजेता मनाङले १० लाख प्राप्त गरेको छ भने उपविजेता पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।
यस अघि सेमिफाइनलमा मनाङले भारतको युके एफसीलाई २-० गोल अन्तरले हराएको थियो।
पुलिसले भने मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गरेको थियो।