प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा चेल्सी बर्नेमाउथसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
बर्नेमाउथको घरेलु मैदानमा मार्कोस अलन्सोले ३३ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल भएको खेलमा दोस्रो हाफमा थप ३ गोल भयो।
खेलको ५४ औं मिनेटमा जेफर्सन लेर्माको गोलबाट बर्नेमाउथ खेलमा फर्कियो।
५७ औं मिनेटमा जोसुवा किङले गोल गर्दै बर्नेमाउथलाई २–१ को अग्रता दिलाए। तर, ८५ औं मिनेटमा अलन्सोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई हारबाट जोगाए।
बराबरीसँगै लिगको चौंथो स्थानमा रहेको चेल्सीको २८ खेलबाट ४५ अंक रहेको छ। बर्नेमाउथ २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ।