सरकारले गर्‍यो सचिवहरूको सरुवा

सरकारले सात सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ।

यस्तै महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधारमा सरुवा गरिएको छ। भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।

यस्तै अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कामू दिएर राजश्वमा लगिएको छ।

प्रकाशित मिति: : 2020-03-02 10:08:32

प्रतिकृया दिनुहोस्