लगातार तेस्रो पटक सिटीले उचाल्याे लिग कपको उपाधि

म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन लिग कप अर्थात इएफएल (काराबाओ कप) को उपाधि जितेको छ।

फाइनलमा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले जित उपाधि उचालेको हो ।

अवे मैदानमा आइतबार राति भएको फाइनलमा सिटीका लागि सर्जियो अग्युरो र रोड्रीले गोल गरे। अग्युरोले २० औँ तथा रोड्रीले ३० औँ मिनेटमा गोल गरेका हुन् ।

एस्टन भिल्लाका लागि ४१ औँ मिनेटमा समाताले एक गोल फर्काए।

म्यानचेस्टर सिटीले लगातार तेस्रो तथा पछिल्लो पाँच वर्षमा चौथो पटक लिगकप फुटबलको उपाधि जितेको हो ।

प्रकाशित मिति: : 2020-03-02 19:45:11

प्रतिकृया दिनुहोस्