२ सय वर्ष अगाडिको प्रेमकथामा बनेकाे ‘प्रेमगीत ३’को टिजर सार्वजनिक

चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ। सन्तोष सेन निर्माता तथा निर्देशक रहेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ शीर्ष भूमिकामा छन्। चलचित्र २ सय वर्ष अगाडिको प्रेमकथा बोकेको निर्देशक सेनले तएका छन्। 

सन्तोष सेन र छेतेन गुरुङले संयुक्त निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मीलगायतका कलाकालको अभिनय रहेको छ। आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ।फिल्मको छायांकन उपल्लो मुस्ताङ्‌ग र केहि अंशको छायांकन काठमाडौंमा गरिएको थियो।

सेनको यो पाँचौं फिल्म हो। उनले यस अगाडि ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेमगीत २’ र ‘मेरी मामु’ बनाएका थिए। फिल्म चैत २८ गते रिलिज हुनेछ।

प्रकाशित मिति: : 2020-03-05 11:51:49

प्रतिकृया दिनुहोस्