प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेपालमा मिर्गौला पुन: प्रत्यारोपण गर्ने ११औं व्यक्ति भएको खुलासा भएको छ। यसअघि नै नेपालमा १० जनाको दुई दुई पटक मिर्गौला प्रत्यारोपण भैसकेको छ।
१० जनामध्ये ८ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला पुन: प्रत्यारोपण भएको बताइएको छ। यही अस्पतालमा प्रधानमन्त्री ओलीको पनि बुधबार मिर्गौला पुन: प्रत्यारोपण भएको हो। ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला पुन: प्रत्यारोपण गर्ने नवौ व्यक्ति हुन्।
यसैगरी अन्य दुईजनाको मिर्गौला पुन: प्रत्यारोपण भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको हो।
नेपालमा एकपटक मिर्गौला प्रत्यारोपण गर्नेको संख्या भने सयौ रहेको बताइएको छ। तर, यस बारेमा मानिस सार्वजनिक रूपमा टिकाटिप्पणी गर्न रूचाउँदैनन्।
प्रधानमन्त्री मिर्गौला पुन: प्रत्यारोपणको नेतृत्व डा. प्रेम ज्ञवालीले गरेको भनिए पनि शल्यक्रियाको नेतृत्व भने प्राध्यापक डा. उत्तम शर्माले गरेका थिए। उनी चर्चामा आउन नचाहने नेपालका एक सिद्धहस्त शल्य चिकित्सक हुन्। संजोगले उनी पनि झापाकै हुन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला पुन: प्रत्यारोपणले ठूलो समाचार बनाएको छ। नेपालका कुनै पनि प्रधानमन्त्री पदमै रहेका बेला यति ठूलो शल्यक्रिया स्वदेशमै भएको थिएन। त्यसैले पनि यो घटना ठूलो समाचार बनेको हो।
यो समाचारले नेपालमा मिर्गौला प्रत्यारोपण र पुन: प्रत्यारोपणका लागि भरपर्दा शल्यचिकित्सक र स्वास्थ्य सुविधा भएको प्रचार भएको छ। यसले एक प्रकारको राम्रो सन्देश जनमानसमा गएको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् ।
नेपालमा मिर्गौला प्रत्यारोेपण सफलताको दर ९८ प्रतिशत भएको बताइएको छ। यो दर विश्वका विकसित मुलुक र उम्दा स्वास्थ्य सुविधा भएका मुलुकको भन्दा पनि राम्रो हो।
प्रधानमन्त्री मिर्गौला पुन: प्रत्यारोपणको नेतृत्व डा. प्रेम ज्ञवालीले गरेको भनिए पनि शल्यक्रियाको नेतृत्व भने प्राध्यापक डा. उत्तम शर्माले गरेका थिए। उनी चर्चामा आउन नचाहने नेपालका एक सिद्धहस्त शल्य चिकित्सक हुन्। संजोगले उनी पनि झापाकै हुन् ।