‘म यस्तो गीत गाउँछु २’को प्रचारप्रसार स्थगित

बिहीबार राखिएको चलचित्र  ‘म यस्तो गीत गाउँछु २’को पत्रकार भेटघाट कार्यक्रम रोकिएको छ। बिषेश कारण देखाएर निर्माण युनिटले चलचित्रको कार्यक्रम स्थगित गरेको हो।

यही फागुन ३० गतेबाट सार्वजनिक  प्रदर्शनमा आउन लागेको चलचित्रले आज चलचित्रको बिभिन्न बिषयबस्तु लगायत जानकारी गराउने उदेश्य सहित दरबारमार्गको राइजिङ महलस्थित क्युज चलचित्र भवनमा कार्यक्रम राखेको थियो। तर अन्तिम समयमा आएर निर्माण युनिटले कार्यक्रम रोकिएको जानकारी दिएको छ।

कोरोनाको त्रासका कारण केही समय चलचित्र हलमा दर्शक नदेखिने देखिएपछि चलचित्र प्रदर्शन गर्ने नगर्ने बिषयमा बितरक लगायत पक्षसँग छलफल गर्न कार्यक्रम रोकिएको हो।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘म यस्तो गीत गाउछु २’मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ।

यो चलचित्रलाई अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन्। चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ।
 

प्रकाशित मिति: : 2020-03-06 02:26:08

प्रतिकृया दिनुहोस्