प्रधानमन्त्री ओली हिँड्डुल गर्न थाले

बिएल संवाददाता

काठमाडाै‌ं

मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न थालेका छन्। त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन्।

शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ भने सबै सूचांकहरूले पनि राम्ररी काम गरिहरेका बताए।

उनका अनुसार प्रधानमन्त्रीलाई ठोस आहार दिन थालिएको छ। प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ। प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको डा खड्गाले बताए।
 

प्रकाशित मिति: : 2020-03-07 05:17:16

प्रतिकृया दिनुहोस्