फोन गर्नेबित्तिकै ग्यास पाउने व्यवस्था गर्नेछौँ: आपूर्तिमन्त्री भट्ट

बिएल संवाददाता

काठमाडाै‌ं

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने बताएका छन्। 

शुक्रबार पत्रकार सम्मेलनमा उनले कुनै पनि अभाव सृजना नभएको भन्दै लाइन नबस्न आग्रह गरे। 

‘अहिले बजारमा ग्यासको कुनै अभाव छैन,’ उनले भने,‘फोन गर्नेवित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्नेछौं।’

उनले आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने बताए।

उनले घरमा थप सिलिण्डर राख्नुनपर्ने पनि बताए। ‘नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको छ,’ थप सिलिण्डर राख्नुपर्ने अवस्था आएको छैन।’ 

वाणिज्य सचिव डा बैकुण्ठ अर्यालले पाम आयलकै जस्तो गरी औषधी र  यसको कच्चा पदार्थको निर्यात प्रतिबन्ध खोल्न भारत तयार  भएको बताए ।

प्रकाशित मिति: : 2020-03-07 06:04:43

प्रतिकृया दिनुहोस्