कोरोना भाइरस: पीएसजीको खेल स्थगित

विश्वभर संक्रामक रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण फ्रेन्च लिग वान फुटबल खेल स्थगित भएको छ । फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलोपटक हो ।

शनिबार रातिका लागि तय भएको पेरिस सेन्ट–जर्मेन (पीएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो।

फ्रान्समा फुटबलसँगै खेलकुद सम्बन्धी अरु गतिविधि पनि प्रभावित भएका छन् । कोरोना भाइरसकै कारण पेरिस म्याराथन र पेरिस–नाइस साइक्लिङ्ग पनि स्थगित भएका छन् ।

शुक्रबारसम्म फ्रान्समा ६१३ जना कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म फ्रान्समा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । स्थगित भएको खेल कहिले हुनेछ भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति: : 2020-03-07 20:00:55

प्रतिकृया दिनुहोस्